एमालेले प्रधानमन्त्रीलाई भन्यो– विपत्तिमा एक्लै सबै गर्न सकिन्छ भन्ने भ्रम नराख्नू

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (३२ मिनेट अघि)
  • २६ पटक पढिएको
एमालेले प्रधानमन्त्रीलाई भन्यो– विपत्तिमा एक्लै सबै गर्न सकिन्छ भन्ने भ्रम नराख्नू

 काठमाडौं, ३० भदौ। प्रतिपक्षी दल नेकपा एमालेले विपत्तिको बेलामा एक्लै पर्याप्त छु भन्ने घमण्ड नपाल्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले यस्तो आग्रह गरेकी हुन् । सरकारले बाढीपछि गर्नुपर्ने तत्कालका कामहरू गर्न नसकेको भन्दै उनले केही ठाउँमा चुकेको आरोप लगाइन् ।

‘सरकारले तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहलमार्फत सहयोग माग गर्नुपर्थ्यो । हामी यहाँ चुक्यौं । हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा पनि चुक्यौं,’ उनले भनेकी छिन् ।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै देश र जनताको माया सबैलाई बराबर हुने बताइन् ।

‘सरकारले विपद्का अनुभवबाट शिक्षा लिँदै तत्काल सर्वदलीय बैठक राखेर छलफल गर्नुपर्थ्यो, त्यो पनि हुन सकेन । म भन्न चाहन्छु, यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन । यसो भन्दैगर्दा काम नै भएन भन्न खोजेको होइन । अझ बेसी गर्न सकिन्थ्यो ।’

ताजा अपडेट

खोजी गर्नुहोस