मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति २:१६
१२ मंसिर २०८३ शनिबारराति २:१६ Saturday, November २८, २०२६

कटहरियामा जसपाको अनुगमन समिति गठन

शेयर००
Listen to this article
2 min listen · 159 words0:00 / 2:00
0:00
2:00


आरके श्रीवास्तव । कटहरिया । चैत्र १८ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा जनता समाजवादी पार्टीको बैठक सम्पन्न भएको छ । नगर कमिटि अध्यक्ष दुर्गा साह रौनियारको अध्यक्षतामा बैठक बसेको थियो। जिल्लाको क्षेत्र नम्बर –३ अन्तर्गत जसपा क्षेत्रीय पार्टी कार्यालयमा होलिको अवसर पारेर नेता कार्यकर्ताहरु एक ठाउमा भेला भएका थिए । बैठकमा जसपाका नेताकार्यकर्ताहरुले होलि समारोह गरि रंग अबिर एक–अर्कालाई लगाई शुभकामना आदान–प्रदान गरिएको थियो । त्यस्तै बैठकबाट कटहरिया नगरपालिका अन्तर्गत प्रदेश सरकारद्वारा संचालित आयोजनाको अनुगमनमा सहयोग गर्न ९ सदस्यीय अनुगमन समिति गठन गरिएको हो । समितिमा रामकान्थ चौरसिया,दीपेन्द्र दुबे ,खेन्हा राय ,लालबाबु ठाकुर सहितका व्यक्तिहरु रहेका छन्। साथै बैठकबाट वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म संचालनमा रहेको आयोजनाहरुको अनुगमन तथा सहयोग गर्नका लागि प्रत्येक वडामा ५÷५ सदस्यीय अनुगमन समिति गठन गर्ने निर्णय गरिएको छ। सो अवसरमा जसपा नेताहरु उमाकान्त चौरसिया ,टैइट राय यादव ,राम दरश दास सहितका जसपा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको जसपाका कटहरिया नगरका चर्चित युवा नेता एवं भाबी मेयर पदका प्रत्यासी रामकान्थ चौरसियाले जानकारी दिएका छन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।