उनीहरूको शव भेरी अस्पताल नेपालगञ्ज ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ, १३ साउन। बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बिहान ९ बजेको समयमा दया प्रसाद थारुको घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्यांकीमा तीन जना मजदुर फसेका थिए ।
लगत्तै खटिएको टोलीले सेफ्टी ट्यांकी फुटाएर हेर्ने क्रममा तीन जना नै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृत भेटिनेहरूमा कोहलपुर नगरपालिका–३ का अन्दाजी ४०/४२ वर्षीय कालु थारू, सोही ठाउँका अन्दाजी २६/२७ वर्षीय प्रकाश थारू र सोही ठाउँका अन्दाजी ३३/३४ वर्षीय बिर्जा थारू रहेका छन् ।
उनीहरूको शव भेरी अस्पताल नेपालगञ्ज ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।
