११ दिनपछि सुरुङबाट उद्धार भएका साह अस्पतालबाट डिस्चार्ज

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २६, शुक्रबार (१६ घण्टा अघि)
  • ५१ पटक पढिएको
११ दिनपछि सुरुङबाट उद्धार भएका साह अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २६ भदौ। भदौ १० को रसुवा भोटेकोशी बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्रै फसेर १० दिनपछि उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्।

बाढीका कारण सुरुङमा फसेको १०औं दिनमा उनको उद्धार गरी उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो।

उपचारपछि उनी आज डिस्चार्ज भएको सैनिक प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।   उनी अस्पतालमा भर्ना भएको ७ दिनपछि स्वास्थ्य लाभ गरी घर फर्केका हुन्।

उनलाई सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बल, प्रहरी र अन्य विज्ञसहितको संयुक्त उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेका थिए। साह आयोजनाका मेकानिकल फोरम्यान हुन्।

उक्त सुरुङबाट उनीसँगै अर्का एकको पनि उद्धार गरिएको थियो।  उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस