मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति २:५६
१२ मंसिर २०८३ शनिबारराति २:५६ Saturday, November २८, २०२६

गरुडामा दुइ बाइक एकआपसमा ठोकिदा चार जना घाइते

शेयर००
Listen to this article
2 min listen · 190 words0:00 / 2:00
0:00
2:00


रौशन कुमार चौधरी । गरुडा । असार ३० गते
मध्य रौतहटको गरुडामा आज बुधवार सवारी दुर्घटना भएको छ । सो दुर्घटनामा परी चार जना घाइते भएका छन् । गौर चन्द्रपुर सडक खण्डको विरेन्द्र राजमार्गमा दुइ मोटरसाइकल एक आपसमा ठोकिएको थियो । दुर्घटनामा परि चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

बुधवार करिब २ ः १५ बजेको समयमा गरुडामा चन्द्रपुर बाट गौर आउदै गरेको ना।५९ प १९९५ र बिपरित दिशा बाट जादै गरेको ना ४९ प ६४१८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदाँ उक्त घटना घटेको हो ।
घाइते हुनेमा गरुडा नगरपालिका ४ बस्ने जयनारायण साहको २४ वर्षीय छोरा शशिकान्त कुमार साह रहेका छन् । गम्भीर घाइते भएका साहको थप उपचारको बिरगंज पठाइएको इप्रका गरुडाले जनाएको छ ।
प्राप्त जानकारी अनुसार दुर्घटना गरुडा स्थित श्रीराम सुगर मिल नजिक भएको थियो ।

उक्त दुर्घटनामा परि अन्य ३ जना घाइते भएका छन् । घाएते हुनेहरुमा पिपरा भलोहिया बस्ने २४ वर्षीय राजेश कुमार बैठा , २५ वर्षीय अजय कुमार सिंह र २४ वर्षीय राहुल कुमार साहको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ ।
दुर्घटनामा परि घाइतेहरुको उपचार भइरहेको र दुवै गाडी ईलाका प्रहरी गरुडामा राखिएको इप्रका गरुडाका डिएपि श्रीराम भण्डारीले जानकारी गराउनु भएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।