गरुडामा प्रस्तावित सडक तथा नाला निर्माण क्षेत्रको मेयर जैसवालद्वारा स्थलगत निरीक्षण

गरुडामा प्रस्तावित सडक तथा नाला निर्माण क्षेत्रको मेयर जैसवालद्वारा स्थलगत निरीक्षण

रौतहट, ०३ भदौ।  गरुडा नगरपालिकामा प्रस्तावित सडक तथा नाला निर्माणका लागि पूर्वाधार विकास आयोजना कार्यालय, जनकपुरधामबाट आएका प्राविधिक कर्मचारीसहित स्थलगत निरीक्षण गरिएको छ।

गरुडा नगरपालिकाको सहजीकरणमा गरिएको निरीक्षणमा नगर प्रमुख कन्थमनि जैसवालसमेत सहभागी थिए। निरीक्षणका क्रममा पार्कदेखि गरुडा नगरपालिका–४ को वडा कार्यालयसम्म दुईतर्फी नालासहित ५० फिट चौडाइको सडक निर्माण तथा वडा कार्यालयदेखि चाँदी पुलसम्म ४२ फिट चौडाइको सडक निर्माणका लागि आवश्यक क्षेत्रको अवस्था अवलोकन गरिएको हो।

प्राविधिक टोलीले प्रस्तावित सडक तथा नाला निर्माण क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिँदै आवश्यक एरिया निरीक्षण गरेको नगरपालिकाले जनाएको छ।

नगरको दीर्घकालीन विकास, व्यवस्थित सडक सञ्जाल तथा सहज आवागमनलाई प्राथमिकतामा राख्दै प्रस्तावित आयोजना कार्यान्वयनका लागि आवश्यक पहल, समन्वय र सहजीकरणलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख जैसवालले सडक विस्तार तथा नाला निर्माणले नगरको पूर्वाधार विकाससँगै आवागमनलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने जानकारी दिएका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस