मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति १२:५२
१२ मंसिर २०८३ शनिबारराति १२:५२ Saturday, November २८, २०२६

गरूडा प्रहरीले अबैध घरेलु मदिरा गर्यो नष्ट

शेयर००
Listen to this article
1 min listen · 115 words0:00 / 1:00
0:00
1:00


रौशन चौधरी । रौतहट । साउन २२ गते
रौतहट प्रहरीले अबैध घरेलुु मदिरा नष्ट गरेको छ । मध्य रौतहटको ईलाका प्रहरी कार्यालय गरूडाले सो मदिरा बिहिवार नष्ट गरेको हो । बिभिन्न मितिमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँचको क्रममा अवैध घरेलु तयारी मदिरा बरामद गरेको थियोे । विभिन्न ठाउँबाट जम्मा ५०० लिटर फेला पारी ईप्रकामा दाखिला गरेकोमा उक्त मदिरा आज साउन २१ गते ४ बजेको समयमा ईप्रकाको मुल गेट देखी ५० मी। उत्तर गौर च(पुर सडकखण्ड स्थित सडकको पश्चिम किनारमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपी श्रीराम भण्डारीले जानकारी गराउनु भयो । ईलाका प्रशासन कार्यालय गरुडा र गरुडा नगरपालिका तथा कर कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रतिनिधीहरुको रोहवरमा बरामद मदिरा नष्ट गरिएको भण्डारीले बताउनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।