मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारबिहान ३:३२
१२ मंसिर २०८३ शनिबारबिहान ३:३२ Saturday, November २८, २०२६

धनुषाः मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

शेयर००
Listen to this article
2 min listen · 186 words0:00 / 2:00
0:00
2:00

जनकपुरधाम । बैशाख ३१ गते
धनुषा जिल्लाको ढल्केवरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । मृतकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । बिहिबार राति अन्दाजी साढे ८ बजे ढल्केवरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४६ प ८२१७ नम्बरको मोटरसाइकलले पहिचान खुल्न नसकेको व्यक्तिको ठक्करबाट मृत्यु भएको हो । पहिचान खुल्न नसकेको व्यक्तिले एक्कासी बाटो काटेपछि ठक्कर लाग्न पुगेको बताइएको छ । उनले ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्री युवालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा सो अस्पतालनमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा बिहान ४ बजेतिर बाटोमै मृत्यु भएको बताएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले हालसम्म नामथर, वतन नखुलेका अन्दाजी ३१ बर्षिय युवाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको बताए । मृतक युवकको लास सोही अस्पतालमा राखिएको बुझिएको छ । यता ठक्कर दिने मोटरसाइकल प्रहरी नियण्नत्रमा लिएको छ भने त्यसका चालक झापा हल्दीबारी गाउँपालिका वडा नम्बर १ रामचौक बस्ने बर्ष २१ को नवराज ओली र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ बर्षिय मिलन कटुवाल सामान्य घाइते भएको छ । उनीहरुको ढल्केवरस्थित एक नीजि स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको बताएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।