धर्मान्तरणको आरोपमा वीरगञ्जबाट केही व्यक्ति नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १५, बिहिबार (१५ घण्टा अघि)
  • ४४ पटक पढिएको
धर्मान्तरणको आरोपमा वीरगञ्जबाट केही व्यक्ति नियन्त्रणमा

वीरगञ्ज,१५ असोज।  वीरगञ्ज महानगरपालिका–पानीट्याङ्की रोडस्थित मिनी ल्यान्ड स्कुल नजिकै धर्मान्तरणसम्बन्धी गतिविधि भइरहेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा एक युवतीले भाडाको कोठा लिएर बस्दै आएको र सोही स्थानमा केही व्यक्तिहरू भेला भएर धर्मसम्बन्धी गतिविधि गरिरहेको जानकारीपछि हिन्दु सम्राट सेनाका युवाहरू त्यहाँ पुगेका थिए। त्यसपछि प्रहरीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरिएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको बताइएको छ। उनीहरू धर्मान्तरण गराउने उद्देश्यले गतिविधिमा संलग्न थिए वा थिएनन् भन्ने विषयमा भने सम्बन्धित निकायबाट अनुसन्धानपछि मात्रै स्पष्ट हुने बताइएको छ।

घटनामा संलग्न भनिएका व्यक्तिहरूको परिचय तथा उनीहरूमाथि लागेको आरोपबारे प्रहरीले आधिकारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।

यसैबीच, घटनापछि स्थानीयस्तरमा धर्मान्तरणसम्बन्धी गतिविधिबारे विभिन्न चर्चा हुन थालेको छ। स्थानीय समूहहरूले यस्ता गतिविधिप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् भने सम्बन्धित निकायसँग घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस