बाढी प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई तीव्रता दिएका छौँ : मन्त्री लम्साल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ५, सोमबार (२१ मिनेट अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठमाडौं, ०५ असोज । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी विपद्पछि सो भेगको जनजीवन सामान्य बनाउन सरकारले फास्ट ट्र्याकमा काम गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभा, पूर्वाधार समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।

मन्त्रालयको जिम्मामा विपद्ले क्षतिग्रस्त बनाएका सडक पुल, खानेपानी संरचना सम्भव भएसम्म तत्काल खोल्ने र नभएको स्थानमा पुनर्निर्माण गर्नु पर्ने रहेको र सोही अनुसार सरकारले द्रुतगतिमा काम गरिरहेको उनले जानकारी दिए ।

‘बाढी आएकै दिन मन्त्रिपरिषद् बैठक बस्यो, अबण्डा बजेटबाट काम तत्कालै थाल्ने निर्णय भयो,’ उनले भने, ‘अहिले हाम्रो प्राथमिकता कनेक्टिभिटि सूचारु गर्ने र तत्काल खानेपानी जस्ता सुविधा पुनर्स्थापित गर्नेमा केन्द्रित छ ।’

असोज महिनाभरीमा ठूलो निर्माणबाहेक यातायात सूचारु गरिसक्ने लक्ष्यसहित काम भइरहेको समेत उनले जानकारी दिए ।

अहिले आपतकालीन ठेक्काको प्रावधान अनुसार नै १२ भदौबाट विभिन्न काममा ठेक्का लगाउन सुरु भएको र यो क्रम जारी रहेको समेत उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस