भोलिदेखि लगातार ५ दिन बिदा, कार्यालय र विद्यालय बन्द

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १८, बिहिबार (५६ मिनेट अघि)
  • ५८ पटक पढिएको
भोलिदेखि लगातार ५ दिन बिदा, कार्यालय र विद्यालय बन्द

काठमाडौं, १८ भदौ। भोलि शुक्रबारदेखि लगातार सार्वजनिक बिदा परेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ र २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार ५ दिन बिदा परेको हो।

भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा, २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा शोक बिदा, २३ गते गत वर्ष भएको जेनजी आन्दोलनका शहीदको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस