
वर्तमानकाल सम्वाददाता
साउन २९ गते |
नेपाली कांग्रेस इतर पक्षका नेता शशांक कोइरालाले पार्टी एकजुट बनाउनका लागि राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताएका छन् ।शुक्रबारबाट काठमाडौंमा सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘यो भेलाको आयोजना गर्नुपर्यो ? किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ कोइरालाले भने, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन । यसको मुख्य उद्देश्य यही हो ।’उनले बुवा बीपी कोइरालाले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्ने गरेको स्मरण पनि गरे ।
‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो । उहाँ पहिलोचोटी बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभयो,’ उनले भने, ‘त्यो दिन मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो । त्यो दिन हामीले तीन वटा सिनेमा हेर्यौं ।’उनले आफूहरूको नेता पनि शेरबहादुर देउवा नै भएको पनि बताए ।

उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
