राजिव शाह सर्लाही,साउन २ वगते
रामनगर गाउँपालिकाद्वारा अपंगता समाबेसी सहायता कक्षबाट सेवाग्राहीहरुलाई सहज पहुँच भएको छ ।
सर्लाही रामनगर गाउँपालिकामा अपंगता भएका असक्त परिवारलाई सहज भएको गाउँपालिका महिला तथा बालबालिका शाखाका ललिता देबी झा
अपंगता समाबेसी सहायता कक्ष रामनगर गाउँपालिकाद्वारा पालिका भित्रका असक्त अपंगतालाई पहिचान गरेर अपंगता परिचय पत्र प्रदान गर्नुको साथै महिलाहरुलाई महिनवारी समस्या समाधानका लागि परामर्श दिदै आएको झाले बताइन् ।
एस एन भि नेपालको आर्थिक सहयोग, ग्रामीण नारी उत्थान संघको सहजिकरण सर्लाहीको पर्सा,रामनगर ,चन्द्रनगर कौडेना गाउँपालिकामा अपंगताका हेल्प डेस्क स्थापनाले अपंगता र महिलाहरुलाई सजिलो भएको छ । यसैगरी शनिबार ग्रामिण नारी उत्थान संघका टिम लिडर एसएनभी नेपाललको जिल्ला संयोजक अम्बिका यादव, को नेतृत्वमा रामनगर गाउँपालिका(६ मलघाटा नमुना बस्तीको बारेमा जानकारी लिनु भएको छ ।
रामनगर(६ मलघटामा अहिले टोल सुधार समिति मार्फत १३ सदस्य समितीबाट अहिले दैनिक खानेपानी,सरसफाई देखि महिला स्वस्थ्यका लागि महिनवारीका बेला ध्यान दिनुपर्ने सचेतनाका लागि काम गर्दै आएको सुधार समितीका उपाध्यक्ष शान्ति पासवानले बताइन् । ३९ घरधुरी रहेको उक्त टोलमा आउने दिनमा टोल सुधार मार्फत गाउँमा फुल बोट बिरुवा देखि फोहोर ब्यबस्थापनका लागि कार्यपालिका संग अनुरोध गरिने योजना रहेको संस्था स्थानीय लिडर सुकचैन कुमार यादबले बताए ।
संस्थाको विशेष पहलमा सर्लाहीको पर्सा(४ स्थित कबिलासी र रामनगर (६ मलघटामा दलित अपंगता परिवारलाई केन्द्रित गरी टोल सुधार मार्फत नमुना टोल बनाउने अभियान संचालन गरिएको छ ।
Listen to this article
0:00
2:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Welcome back
Log in with your username or email address.
Welcome back
Log in with your username or email address.