मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति १:३७
१३ मंसिर २०८३ आइतबारराति १:३७ Sunday, November २९, २०२६

रौतहटको कटहरियामा भईरहेको कौडा जुवा नियन्त्रण

शेयर००
Listen to this article
2 min listen · 253 words0:00 / 2:00
0:00
2:00

वर्तमानकाल सम्वाददाता

रौतहट,१२ पुस। मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी जनक भट्टर्राईको निर्देशन पछि रौतहटको कटहरिया स्थित अबैध रुपमा सञ्चालन हुँदै आएको कौडा जुवा नियन्त्रण भएको छ।

डिआईजी भट्टराईको निर्देशनमा प्रदेश प्रहरी कार्यालय जनकपुर बाट डिएस्पी बीरेन्द्र पासवानको नेतृत्वमा टोली कटहरिया स्थित लालबकैया नदीको पुल छेउ पुगेपछि जुवाडेहरुकोे भागाभाग भएको थिय पछिल्लो एकसाता देखि कटहरिया बजार भन्दा झण्डै दुई किलोमिटर पश्चिम लालबकैया नदीको पुल छेउ केराघारीमा लाखौं लाखको कौडा जुवा हुँदै आएको थियो। स्थानिय एकजना मेयर प्रत्याशिले प्रहरी देखि पत्रकार सम्म मिलाएर आफ्नो मानिस हरिन्दर कुर्मीको रेखदेखमा जुवा खेलाई रहेको थियो ।

डिएस्पी पासवानका अनुसार जुवा सञ्चालन गर्ने समूहले उक्त स्थानको झण्डै डेढ़ दुई किलोमटर वरपर मानिस राखेर रेकी गर्न लगाएका थिए। उनीहरूले नै प्रहरीलाई हेरेर जुवाडे लाई मोबाईल बाट खबर गरेपछि भाग्न सफल भएको डिएस्पी पासवानले बताएका छन। उक्त स्थान बाट कौडा जुवा खेलाउन प्रयोग हुने केही सामान बरामद भएको डिएस्पी पासवानले जानकारी दिएका छन।

एकसाता देखि केराघारीमा दैनिक बिहान १० बजेदेखि बेलुकी सम्म कौडा जुवा भइरहेको थियो। त्यहाँ जुवा खेल्न सर्लाही, देखि रौतहट र बारासम्मका नामुद जुवाडेहरु आउनेगरेका थिए। त्यहाँ हुने कौडा जुवा बाट प्रहरी र पत्रकारको नाउँमा दैनिक १८ हजार रुपैयाँ उठाइने गरेको एकजना सहभागीले बताएका थिए ।

कौडा जुवा खेलाउने मेयर प्रत्याशिले जुवा खेलाउन जिल्ला प्रहरी कार्यालय रौतहट देखि सशस्त्रका एस्पी नजिकका नेपाल प्रहरी र सशस्त्र प्रहरीका उनिटहरु समेत मिलाएर मासिक रूपमा पैसा दिनेगरेको बताउँदै आएका थिए। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी जनक भट्टराईले जुवा कौडा खेल्ने खेलाउने जो कोहीलाई पनि छुट नहुने कडा कारवाहीको चेतावनी दिएका छन। उनले कटहरियामा भइरहेको जुवा बारे अनुसन्धान समेत भईरहेको बताएका छन।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead