मुख्य सामग्रीमा जानुहोस्
११ मंसिर २०८३, शुक्रबारराति १०:५०
११ मंसिर २०८३ शुक्रबारराति १०:५० Friday, November २७, २०२६

रौतहटको बृन्दावनको पाचौ नगर सभा शुरु

शेयर००
Listen to this article
2 min listen · 170 words0:00 / 2:00
0:00
2:00


उपेन्द्र गोले रौतहट । असार १३ गते
रौतहटको बृन्दावन नगरपालिकाको पाचौ नगर सभा आइतबार शुरु भएको छ । रौतहटको बृन्दावनमा सम्पन्न पाचौ नगर सभाले ५५ करोड ४६ लाख अनुमानित बजेत विनियोजन गरेको छ । संघिय सरकारतर्फबाट सशर्त अनुदान २१ करोड ६ लाख । वित्तिय सामान्यीकरणतर्फ १२ करोड ८५ लाख राजस्वतर्फ ९ करोड ४८ लाख ३३ हजार रकम विनियोजन गरेको बृन्दावन नगरपालिकाले जनाएको छ । त्यसैगरि प्रदेश २ सरकारतर्फ सशर्त अनुदान ८५ लाख , वित्तिय सामान्यीकरण ८७ लाख , राजस्वतर्फ ३५ लाख , अनुदान २० दाख र बिशेष अनसदानतर्फ ३० लाख रकम नगर सभाले विनियोजन गरेको हो । नगरपालिकाले यस बर्ष आन्तरिक आम्दानी भने ८० करोड संकलन गर्ने जनाएको छ । रौतहटका १८ स्थानिय तहहरुमध्ये ३ ओटाले असार ९ गते र ११ ओटा पालिकाहरुले असार १० गते नै नगर सभाको शुरु गरिसकेका छन । रौतहटका ४ ओटा नगरपालिकाले नगर सभा शुरु गर्न सकेको थिएन तर आइतबार बृन्दावन नगरपालिकाले आफ्नो पाचौ नगर सभाको शुरुवात गरेसँगै रौतहटका ३ ओटा नगरपालिका गरुडा , बौधीमाइ र देवाही गोनाही नगरपालिकाको नगर सभा भने अन्यौलमा नै रहेको छ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
watermankal

watermankal

Online News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।