विष्णु पौडेल पक्राउबारे एमालेको सरकारसँग जवाफ माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (१ महिना अघि)
  • ६३ पटक पढिएको
विष्णु पौडेल पक्राउबारे एमालेको सरकारसँग जवाफ माग

काठमाडौं, १४ असार। नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउको कारण खोजेको छ । एमाले सांसद पुष्पराज कँडेलले पार्टीका तर्फबाट यो विषय संसद्‍मै उठाएका छन् ।

सरकारले सम्पत्ति  शुद्धीकरणको अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरेको छ । एमाले सांसद कँडेलले विगतमा केपी शर्मा अ‍ोली माथि लगाइएको आरोपको अर्को रुप भएको बताए ।

आफूहरूले उच्च ओहोदाका मानिसहरूलाई पनि समातेको भन्ने देखाउन, सम्पूर्ण विपक्षीहरूलाई तर्साउने र एमालेलाई बदनाम गराउने उदेश्यबाट प्रेरित रहेको पनि उनले बताए ।

‘विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमथि प्रतिसोध साँधिएको छ’, कँडेलले भने ।

सरकारले करका दरको सूचना चुहाएर गलत काम गरिरहेको तर दोष अरुमथि लगथाउने व्यवहारमा रहेको भन्दै पौडेलको रिहा हुनुपर्ने माग गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस