मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबारराति ११:३०
१२ मंसिर २०८३ शनिबारराति ११:३० Saturday, November २८, २०२६

सप्तरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट , लाखौंको छती

शेयर००
Listen to this article
2 min listen · 204 words0:00 / 2:00
0:00
2:00

नवीन निर्भय यादव सप्तरी राजविराज जेठ ९ गते
सप्तरीमा आगलागि हुँदा पाँच घर र ६ लाख नगद जलेर नष्ट भएको छ। सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० रन्जितपुरमा आईतबार दिउँसो आगलागि हुदा पाँच वटा घर र लगभक ६ लाख रूपैया जलेर नष्ट भएको स्थानीयहरूले बताउनु भएको छ। सो आगो स्थानिय भरत चौधरीको परालको टालबाट निस्केको आगो छिमेकी बन्हु चौधरी , उमा कान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मि कान्त चौधरीको एक ,एक वटा घरमा पालो पालो आगलागीमा परेर जलेर नष्ट भएको स्थानीय रामु चौधरीले जानकारी दिनुभयो । उक्त आगलागीमा घर निर्माण गर्नका लागि ६ लाख बन्हु चौधरीले जम्मा गरिएर राखिएको नगद समेत जलेर खरानि भएको पिडितले बताउनु भएको छ। अर्को घर मुलाको १२५ सिसिको डिसकोभर मोटरसाइकल समेत जलेको र आफनो घरको सम्पुर्ण समाग्री जलेर खरानी भएको शोभा कान्त चौधरीको भनाई छ । त्यहाँ उमा कान्त चौधरीको अनुसार आगलागीमा लगभग घरभित्र रहेका ३÷४ लाखको सुनचान्दी समेत डरेको बताउनुभयो । सो आगलागीमा खाद्यन्न लताकपडा ,भडार्वतन नगदजिन्सी र घर भित्र रहेको काठ , जस्तापता , फनिचरका समान तथा गोदरेज जलेर खरानी हुदा करिब रु २० लाख मुल्यबाराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ । आगोलाई स्थानियबासी तथा प्रहरी र हनुमान कंकालनि नगरपालिकाका बारुण यन्त्रले केही छिन अगाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead

Log in with an email code

No password needed — we'll email you a 6-digit code and a one-click login button.

Log in with a password instead