आरके श्रीवास्तव । रौतहट । चैत २३ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत धमाधम घरहरु बनिरहेका छन् । सोमबार एक कार्यक्रमका बिच वडाध्यक्ष दिपेन्द्र पनुहर र प्रदेश सांसद नागेन्द्र यादवले शिलान्यास गर्नु भएको छ । गुजरा नगरपालिका वडा नम्बर – ९ भंगाहामा डोमहरुको लागि पक्कि घर धमाधम बनिरहेको छ । प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्रालय द्वारा जनता अवास कार्यक्रम अन्तर्गत मार्फत दलितहरुको लागि पक्कि घर बनाउन शुरु गरिएको छ । प्रदेश सरकारले प्रदेश २ का आठ वटै जिल्लामा बसोबास गर्ने दलित अति बिपन्नमा पर्ने मुसहर, र डोम जातीहरुको लागि सो भवन निर्माण गर्न लागिएको हो ।
जनता अवास कार्यक्रम अन्तर्गत गुजरा नगरपालिका वडा – नम्बर ९ भन्गहामा मुसहरहरुको लागि पक्कि घर अब बन्न लागेको हो । यस अघि नै एक कार्यक्रमका बिच रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश २ सांसद एवम नेपाल समुहका नेकपा नेता नागेन्द्र राय यादव र वडा वडाध्यक्ष दीपेन्द्र पनुहरले सन्युक्त रूपमा शिलान्यास गर्नु भयो । सांसद यादवले मुसहर टोलमा जनता आवास योजना अन्र्तगत जम्मा ५४ वटा घर बनाइने बताएका छन ।
विधायक यादवको निर्वाचन क्षेत्र अन्तरर्गत पर्ने गुजरा नगरपालिकाको वडा नम्बर ८ मा ७१ वटा, वडा नं. ९ दयालपुरमा ५४ वटा र वडा नम्बर ५ लक्ष्मीपुरमा २५ वटा घर यसै आर्थिक वर्ष भित्रमा निर्माण गरिने सांसद यादवका सहयोगी ऋृषि तिवारीले बताएका छन् । सांसद यादवले आफनो निर्वाचन क्षेत्र भरिमा २ सय घर निर्माण गराउँदै छन् । अब छिटै अन्य ठाउँमा पनि घर निमार्णको काम अगाडी बढाइने विधायक यादवले बताउनु भयो ।
उक्त शिलान्याश कार्यक्रममा वडाध्यक्ष दिपेन्द्र पनुहर ,प्रदेश सांसद नागेन्द्र यादव ,प्रहरी चौकि सिमराभवानीपुरका ईन्चार्ज ,ईन्जिनियर रन्जित यादव ,भावी मेयर प्रत्यासी सुरेन्द्र चौधरी ,उमेश साह , नेमि माझी , शिक्षक काशी चौधरी,ऋृषि तिवारी लगायत पत्रकार,समाजसेवीहरुको उपस्थिति रहेको थियो ।