‘फाइल खोल्ने’ चेतावनी कसका लागि थियो ? एमालेले सोध्यो अर्थमन्त्रीलाई

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १, सोमबार (१ घण्टा अघि)
  • २७ पटक पढिएको
‘फाइल खोल्ने’ चेतावनी कसका लागि थियो ? एमालेले सोध्यो अर्थमन्त्रीलाई

काठमाडौं, ०१ असार। नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ मागेको छ ।

आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले यो विषय उठाएकी हुन् ।

बजेटमाथिको छलफलका प्रश्न गर्ने विपक्षी दलका सांसदहरूलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ति पनि खुल्ने बताएका थिए ।

विशेषगरी करको दर हेरफेर गरिएको विषयमा प्रश्न उठाउने विपक्षी सांसदहरूको चेतनामाथि प्रश्न उठाउँदै यही जेठ २८ गते अर्थमन्त्री वाग्लेले भनेका थिए, ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ हो र ?,’

यसप्रति एमालेकी सचेतक अर्यालले प्रश्न उठाएकी हुन् ।

‘अर्थमन्त्रीले जवाफ दिँदा जे चीज बताउनुभयो धेरै नै आपत्तिजनक कुरा बताउनुभएको छ’ अर्यालले प्रश्न गरिन्, ‘कसलाई लक्षित गर्नुभएको ?, फाइल खोल्ने धम्की दिनुभएको छ ।’

उनले अगाडि भनेकी छन्, ‘टि स्टेटको पाइल खोलियोस् । यो हार्दिक आग्रह छ । ओम्नी हुन कि वाइडबडी हुन कि के के हुन् । ति खोलियोस् । साचो कुरा जे हो त्यो बाहिर ल्याइयोस् ।’

छानबिनले सत्य ठहरिएन भने गम्भीर आरोप लगाउनेहरू कानुनी कठघरामा उभिन तयार हुनुपर्ने पनि उनको आग्रह छ ।

ताजा अपडेट

खोजी गर्नुहोस