बैशाख ०३ गते
जब सामुदायिक विद्यालयको गुणस्तरको कुरा उठ्छ तब सबैको ध्यान कार्यरत शिक्षकमा पुग्छ । शिक्षकले पढाएनन ,राजनीति गरे, आफ्नो काम मात्र गरे विद्यार्थी र विद्यालयको समस्या तर्फ ध्यान दिएनन् आदि इत्यादि आरोप हमेसा शिक्षकमाथि लागिरहेको छ ।
पूर्ण रुपमा यो आरोप गलत नहोला तर यो मात्र सत्य भने हुँदै होइन । यी भन्दा फरक र जटिल अवस्थाहरुसँग जुधिरहेका छनसामुदायिक विद्यालय । यी अवस्थाहरुको गहिराइमा नपुगी सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण यस्तै सतही रहुन्जेलसम्मसामुदायिक विद्यालयको अवस्था सुधार हुन सम्भव देखिन्न ।
शिक्षण पेसामा आवद्ध भएको १५ वर्ष भएको छ । सबल र सफल संस्थागत विद्यालयमा ८ वर्ष शिक्षण अनुभव बटुलेर सरकारीविद्यालयमा आबद्ध भएको पनि ७ वर्ष भैसकेछ । पछिल्ला ७ वर्षमा मैले देखेका , भोगेका अनुभूतिहरुका अंश समावेस भएका छनयस आलेखमा ।
प्रायजसो तराईका सामुदायिक विद्यालयको सबैभन्दा जटिल समस्या हो असमान दरबन्दी वितरण । विद्यार्थी संख्या उच्च छ । विद्यार्थीको अनुपातमा शिक्षक छैनन । अधिकांश माध्यमिक विद्यालयहरु प्राथमिक तहका शिक्षकको भरमा चलेका छन । विषयगतदरबन्दी त परै जाओस पाठ्यभार अनुसार पढाउन पुग्ने शिक्षक पनि छैनन । शिक्षकलाई दिनको सातै घण्टी कक्षाकोठामा मात्रैखटिनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा हामीले कुन गुणस्तरको अपेक्षा राख्ने रु
आफ्नो अन्य आम्दानी हुने विद्यालयले त निजी श्रोतमा शिक्षक राखेका छन् तर नहुनेको बिजोग छ । यस अवस्थाको दोषी कोरु जुन विद्यालयको आम्दानी छ ती विद्यालयले निजी श्रोतमा शिक्षक राखेका पनि छन । त्यस्ता विद्यालय थोरै मात्र छन । अर्कातिरसदरमुकाम र सुबिधायुक्त विद्यालयमा प्रशस्त दरबन्दी छ । कतै फालाफाल र कतै अनिकालको अवस्था चलिरहेको छ । यो अवस्थाकहिलेसम्म रु र कसले समाधान गर्ने रु
करार, निजी ,राहत र बालबिकास १ बराबर काम गर्ने शिक्षकको प्रकार फरक फरक छ । पारिश्रमिक ,सुबिधा फरक फरक छ यस्तोबिभेदको अवस्थाले कमजोर मनस्थिति बोकेका शिक्षकको मनोबल दर्हो बनाउने काम कसको रु
कारण जे सुकै होस कक्षा १२ पास गरेका आलाकाँचा किशोरले कक्षा ९ र १० को गणीत जस्ता जटिल विषय अध्यापनगराइरहेको अवस्थाको साक्षी म आफै छु । यो अवस्थामा हामी कुन किसिमको गुणस्तरको अपेक्षा गर्न सक्छौँ । गल्ती कसको रु
अहिले शिक्षण सिकाइ क्रियाकलापमा नविन आयाम आएका छन । के त्यसको जानकारी शिक्षकसम्म पुगेको छ रु कक्षा १ को नैकुरा गरौँ , हाम्रो जिल्लामा राष्ट्रिय प्रारम्भिक पढाइ सीप विकास कार्यक्रम लागु भैसकेको छ । पठनतत्वमा आधारित भएरशिक्षणसिकाई कृयाकलाप अगाडि बढाउनुपर्ने हो । एकिकृत पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यालयमा पठनपाठनमा छन तर तीपाठ्यपुस्तकलाई कसरी प्रयोगमा ल्याउने रु एकिकृत पाठ्यक्रम भनेको के हो रु एकिकृत पाठ्यक्रमको उद्देश्य के हो रु यसबारे नैबेखबर छन शिक्षकहरु । पाठ्यपुस्तकमा जनाइएका रंगहरुको अर्थ के हो रु अधिकांश शिक्षक यसबारे अन्जान छन । प्रबिधिमैत्रीशिक्षण , क्रियाकलापमा आधारित शिक्षण , निरन्तर विद्यार्थी मुल्यांकन ९ऋब्क्० या वालमैत्री विद्यालय यसको अवधारणा पछिल्लोपुस्ता २०७० भन्दा यता स्थायी भएका र आयोगको तयारी गरिरहेका बाहेकका अन्य शिक्षकसम्म अझै पुगेको छैन । पुराउने जिम्मेवारीकसको रु
विद्यालयमा सबै उमेर समूहका शिक्षक छन । प्रबिधिमैत्री विद्यालय बनाउनु छ । एउटा एन्ड्रोइड मोबाइल चलाउन नसक्ने शिक्षकबाटकस्तो प्रबिधिमैत्री कक्षाकोठाको आस गर्ने रु यसमा सहजीकरण गर्ने निकाय कुन हो रु अनिवार्य अवकाशको ६० वर्ष कुरेर मात्र दिनबिताउन आएका शिक्षकलाई कि सिकेर पढाऊ होइन भने नयाँलाई बाटो खुलाऊ कसले भन्ने रु
विद्यालयमा फ्री वाइफाइ , पुस्तकालय ,प्रोजेक्टर , स्मार्ट कक्षाका कुरा गरौँ । कतै त छदैँछैनन् र भएका पनि त प्रयोगमा छैनन् । सामग्री हुँदैमा पनि त परिवर्तन नहुने रहेछ । सामग्री अनुसारका कोठा र दक्ष जनशक्ति विद्यालयमा छैनन् । ती सामग्रीको प्रयोगका लागीअभिमुखिकरण गर्ने दायित्व कसको रु जस्तै विद्यालयमा कम्प्युटर पढाई हुन्छ । कम्प्युटर पनि प्रयाप्त छन । तर कम्प्युटर पढाउनेशिक्षक नि रु यी र यस्ता थुप्रै विषयवस्तु छन् जसमा सरोकारवालाको ध्यान पुग्न जरुरी छ।
हो सामुदायिक विद्यालय सुधारका लागी सरकारले बर्षेनी अर्बौ रकम खर्चिरहेको छ । विदेशी दाताले खर्बौ लगानी गरिरहेका छन् ।यसको प्रत्यक्ष महशुस शिक्षकले विद्यार्थीले कहिले गर्न पाउनेरु के नितिनिर्माण मात्र गरेर हुन्छ र रु जसले कार्यान्वयन गर्नुपर्ने हो उसलाईत्यसबारे जानकारी हुनुपर्छ कि पर्दैन रु सरकार कार्यान्वयन तहमा चुकेको छ । कार्यान्वयन सँगसँगै विद्यालयको नियमित अनुगमननियमन पनि हुनुपर्ने होइन र रु
विद्यालयमा प्रधानाध्यापकको प्रमुख भूमिका महत्वपूर्ण रहने कुरा निर्विवाद नै छ । विद्यालयलाई सक्षम नेतृत्व प्रदान गर्न गर्नुपर्नेसमग्र विद्यालयको नेतृत्व प्रधानाध्यापकले गर्छन । त्यसैले प्रधानाध्यापकको इच्छाशक्तिले पनि विद्यालयलाई धेरै फरक पार्छ ।विद्यालय सफल हुनलाई अभिभावकको विश्वास,साथ , शिक्षकको मिहिनेतसँगसँगै शिक्षक अभिभावकमा अभिप्रेरणा पनि त जगाउनुपर्नेहुन्छ । नेतृत्वको हिसाबले प्रधानाध्यापकले यस जिम्मेवारीलाई पनि गहन रुपमा वहन गर्नुपर्ने देखिन्छ तर एकपटक शिक्षकप्रधानाध्यापक भैसकेपछी म शिक्षक हुँ भन्ने समेत बिर्सिएका अवस्था पनि देखिन्छन् ।
कतिपय अवस्थामा प्रधानाध्यापककै अहमको सिकार बन्न पुगेका हुन्छ्न विद्यालय । प्रधानाध्यापक र विव्यसको मिलेमतोमासिमित व्यक्तिका निहित स्वार्थपूर्ती खातिर वर्षौँ दरबन्दी रिक्त राखिन्छ । एकातिर शिक्षकको अभावमा कार्यरत शिक्षकहरुले सातैघण्टी पढाउनुपर्ने वाध्यता छ जसको प्रत्यक्ष प्रभाव विद्यार्थीमा परेको छ । अर्कोतिर गाउँका सक्षम व्यक्तिहरु बेरोजगार छन । यो सबैथाहा हुँदाहुँदै पनि किन मौन बस्छन स्थानीय निकाय रु प्रधानाध्यापक पद हो कि व्यक्ति रु पद हो भने व्यक्ति किन स्थायी रु जसरीखेलको टिममा कप्तान छनोट गरिन्छ त्यसैगरी निश्चित समयसिमा भित्र तोकिएको लक्ष्य हासिल गर्ने जिम्मेवारी दिएर शिक्षककर्मचारीलाई पुरस्कार र दण्ड गर्ने अधिकार सहितको प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने पो हो की १
अझ शिक्षकको सरुवा र बढुवाको अवस्था त दयनीय छ । विद्यालयको वातावरण असहज लाग्दालाग्दै पनि कार्यक्षेत्रमा खट्न मननहुँदानहुँदै पनि सोही विद्यालयमा खटिरहनुपर्छ । विव्यसको अनुमति बिना सरुवा सम्भव छैन । न त खुलेर काम गर्ने वातावरण छ न तसरुवाको लागि अनुमति नै यस्तो अवस्थामा शिक्षक स्वयमलाई जागिर नै सजाय जस्तो लगिरहेको पनि त हुन सक्छ । अधिकांशशिक्षक जुन विद्यालयमा नियुक्ति लिएर खटिए सोही विद्यालयबाट सेवानिवृत भैरहेका छन । तिसौँ वर्षसम्म एउटै विद्यालयमा खटिरहँदामोनोटोनस हुन सक्छ । नयाँ ठाउँ नयाँ टिम नयाँ समूदायले हाम्रो कार्युकुशलतामा सकारात्मक प्रभाव पार्न सक्छ । शिक्षकहरुलाई पनिनिश्चित समयमा सरुवा पो गर्नुपर्ने हो कि १ यसबारेमा पनि सोच्न जरुरी छ । बढुवाको पनि त अवस्था त्यस्तै छ ।
शिक्षककै कुरा गर्दा तलबको कुरा पनि त गरिहालौँ । तलब अर्थात तनखाको अवस्था पनि तँ नखा जस्तो छ । कतिपय ठाउँमा अझैचौमासिक निकासा हुन्छ। सरकारले शिक्षकलाई सधैं उधारो खाने ग्राहक बनाएको छ । शिक्षककलाई मानसिक रुपमा सबल बनाउने होभने प्रत्येक महिनाको अन्त्यमा शिक्षकको तलब अनिवार्य रुपमा खातामा जम्मा गर्नुपर्ने देखिन्छ । भोको पेट बाँझो फोर्न सकिन्छ र रु
अर्कातिर प्रधानाध्यापकलाई दिइएको सुबिधाको अवस्था पनि उस्तै छ । प्रअलाई जति जिम्मेवारी छ त्यो अनुसार भत्ता र अन्य सुविधानि रु के जति भत्ता प्राप्त भइरहेको छ के त्यो उपयुक्त छ रु यसमा पनि त सोच्न जरुरी छ ।
विद्यालयमा पठनपाठनको अवस्था सुधार गर्न शिक्षकसँगै प्रधानाध्यापक ,व्यवस्थापन समिति ,विद्यार्थी र अभिभावकको पनिउत्तिकै भूमिका रहन्छ । अधिकांश सामुदायिक विद्यालयमा हुँदा खाने समुदायका विद्यार्थी छन् । जुन दिन धेरै गर्मी हुन्छ, जुन दिन धेरैजाडो हुन्छ , जुन दिन धेरै वर्षा हुन्छ त्यो दिन विद्यालयमा विद्यार्थीको उपस्थिति उल्लेख्य हुन्छ कारण मौसम ठिक हुँदा उनीहरु पनिकमाउन जानुपर्छ ।
गरिबीको चपेटाबाट हात मुख जोर्न धौधौ भएका अभिभावकले आफ्ना छोराछोरीलाई घरमा कस्तो वातावरण दिएका छन् रु अनुमान सहजै गर्न सकिन्छ । विद्यार्थी नियमित विद्यालय उपस्थित हुने, घरमा पनि एकछिन भएपनि पढ्ने वातावरण मात्र हुने हो भनेपनि पठनपाठनमा धेरै परिवर्तन हुन्छ ।
थुप्रै व्यवधानका बीचपनि यथास्थितिलाई परिवर्तन गर्ने जिम्मेवारी र क्षमता कार्यरत शिक्षकहरूमा नै छ । केही वर्ष यतावर्षेनी शिक्षासेवा आयोग पास गरी नवपुस्ता नविन उत्साह सहित विद्यालय पुगेका छन । नवपुस्ताको उर्जामा तेल थप्ने काम गर्नसम्बन्धित सबैले सक्नुपर्छ ।
विद्यमान साधनश्रोतको अधिकतम प्रयोग गरी सामुदायिक विद्यालयको पठनपाठनलाई परिणाममुखी बनाउनु शिक्षकको दायित्व हो । शिक्षकले आफ्नो कर्तव्य इमान्दारिताका साथ पुरा गरिदिने हो भने धेरै कुराको सुधार आफै हुन्छ भन्नेमा दुइमत छैन । तरशिक्षकले मात्र चाहेर असम्भव छ । सामुदायिक विद्यालयको यी र यी जस्ता अन्य गन्जागोल हटाउन सरोकारवाला निकाय , प्रधानाध्यापक , शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति , समुदाय र अन्य निकायको सक्रियता सहसम्बन्ध र विद्यालयप्रतिसकारात्मक सहयोग उत्तिकै आवश्यक देखिन्छ । तब मात्र सरकारी समुदायिक विद्यालय ,आहा विद्यालय १ बन्नेछन् । नयाँ वर्षसँगै हामीसबै पक्षले प्रण गरौँ ( हाम्रा विद्यालय राम्रा विद्यालय बनाऔँ ।