आरके श्रीवास्तव । रौतहट । बैशाख ०३ गते
रौतहटको कटहरिया नगरपालिकाको बगहीमा थारु सांस्कृति कार्यक्रम बिहिवार देखि सुरु भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ७ बगहीमा खुल्ला नृत्य प्रतियोगिता आज देखि सुरु भएको छ । स्टार यूवा क्लबको आयोजनामा थारु सांस्कृति कार्यक्रम २०७८ सुभारम्भ भएको हो । बैशाख ०२ गते बिहिवार देखि ०४ गते शनिवार सम्म खुल्ला नृत्य प्रतियोगिता चल्ने आयोजक टिमले जनाएको हो । जसमा स्थानियहरु कलाकारहरुले आ आफनो प्रतिभाहरु प्रस्तुत गर्नेछन् । कार्यक्रममा प्रथम हुनेलाइ ५० हजार , दोस्रो हुनेलाइ ३० हजार र तेस्रो हुनेलाइ १५ हजार नगद पुरस्कार दिइने कार्यक्रमका संयोजक सागर चौधरीले जानकारी गराउनु भयो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा वडाध्यक्ष हरिभजन साह रह्नु भएको थियो भने विशिष्ठ अतिथीको रुपमा यूवा नेता सुनिल कुमार साह रहनु भएको थियो । आज विहिवार राति गायिका अनु चौधरीको विशेष प्रस्तुति रहने छ भने खुल्ला नृत्य प्रतियोगिता पनि हुने जनाइएको हो । शुक्रवार ममता चौधरीको विशेष प्रस्तुति रह्ने आयोजकले जनाएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै वडाध्यक्ष साहले यस्ता कार्यक्रमहरुले यूवा कलाकारहरुको प्रतिभालाइ हामी सबैले देख्न मिल्ने भन्दै कार्यक्रम आयोजक टिमलाइ विशेष धन्यवाद दिनु भएको थियो भने कार्यक्रमको सफलताको लागि कामना समेत गर्नु भएको थियो । साथै वहाँले आयोजक टिमलाइ आफनो तर्फ बाट नगद ५२ हजार सहयोग गर्ने घोषणा गर्नु भएको थियो । उता स्थानिय यूवा नेता सुनिल कुमार साहले नगद ११ हजार सहयोग गर्ने घोषणा गर्नु भएको थियो । आज एक कार्यक्रमका बिच थारु थारु सांस्कृति कार्यक्रमको उदघाटन वडाध्यक्ष साह सँगै उपस्थितहरुले गरेका थिए । सो अवसरमा वडा नम्बर ७ का वडा सचिव जयराम साह,स्थानिय कलाकार उपेन्द्र सहनी ,विनोद चौधरी सहित हजारौं स्थानिय दर्शकहरुको उपस्थिती रहेको थियो ।