पाल्पामा अनियन्त्रित टिपर दुर्घटनाग्रस्त, सहचालकको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १२, मंगलबार (१ घण्टा अघि)
  • २९ पटक पढिएको
पाल्पामा अनियन्त्रित टिपर दुर्घटनाग्रस्त, सहचालकको ज्यान गयो

पाल्पा, १२ साउन। पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर गएराति तानसेन नगरपालिका–१२ गाईघाट नजिकै ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङका २५ वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी टिपरका सहचालक हुन् ।

लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सहचालक कुमालको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ ।

अवस्था सामान्य रहेका टिपर चालक मिन बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस