दिपेन्द्र जयसवाल,बारा,बैशाख ५
श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक बिधालयको तीन तल्ले भवनको शिलान्यास गरिएको छ।
बाराको महागढीमाई नगरपालिका वडा ( १ स्थित रहेको श्री गढीमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिक बिधालयको तीन तल्ले भवनको शिलान्यास महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गरेका हुन ।स्टिडियम नजिक खरिद गरिएको २ बिगाहा जग्गामा तीन तल्ले भवनको शिलान्यास नगर प्रमुख यादवले गरेको हो ।
मानव स्रोत बिकास केन्द्र कार्यालयको अनुदानमा गुरु योजना अन्तर्गत श्री गढीमाई प्राबिधिक नमुना माध्यमिक बिधालय भवनको निर्माण हुन लागेकोछ । ४० बर्ष भन्दा पहिला निर्माण गरिएको पुरानो भवन नजिकको हाट बजार ,र गढीमाई मन्दिरका कारण ध्वनि प्रदुषणले पठन पाठन प्रभावित बन्दै गएकोले विभिन्न संघस्थाको र नगरपालिकाको सहयोगमा गढीमाई महेन्द्र प्राबिधिक नमुना माध्यमिकको बिधालयको नाममा २ बिगाहा जग्गा खरिद गरि भवन निर्माण हुन लागेको नगरप्रमुख उपेन्द्र यादवले शिलान्यास क्रममा बताउनु भएको छ ।
उनले भने नगरपालिका भित्री सम्पूर्ण बिधालयको बिकास र बिद्यार्थीहरूको भबिष्यको बिकासका लागि कुनै कसर बाकी रहन नदिने बताउनु भएको छ ।
श्री गढीमाई प्राबिधिक नमुना माध्यमिक बिधालयका व्यवस्थापन समितिको अध्यक्ष दिप प्रकाश गुप्ताको निगरानीमा अढाई तल्ला भवन निर्माण भइसकेकोछ । भने अर्को तीन तल्ले भवनको निर्माण हुन लागेकोछ । तीन तल्ले भवनको निर्माण कार्य छ महिना भित्रमा कार्य सम्पन्न गर्न बिधालयका अध्यक्ष गुप्ताले शिलान्यास कार्यक्रममा आफ्नो प्रतिबद्धता जनाउनु भएको छ ।
शिलान्यास कार्यक्रमा , नेपाल शिक्षक संघका अध्यक्ष प्रमहंश यादव , भैयाराम यादव , बिजय साह , झब्बु साह पानालाल कलवार , ओम प्रकाश , प्रेम साह , कैलाश महतो , राजेश्वर लहेरा , जाकिर हुसेन , बिन्दा कलवार , शान्मती देबी , बैजनाथ महतो लगायतको उपस्थिति रहेको थियो ।