अमरेस कुमार पाण्डेय । कलैया बारा । बैशाख १६ गते
बाराको पचरौता नगरपालिका अन्तर्गत गुलरीया स्थित अमन एण्ड सुमन आयल स्टोर बाट नेपाली एक हजारको नक्कली नोट सहित एक भारतीयलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा जिल्ला मोतिहारी पुर्बि चम्पारण गोला पकडिया लखौरा निवासि उमेश भगत रहेका छन्। भगतले पेट्रोल पम्पमा पेट्रोल लिई नक्कली एक हजारको नोट दिने क्रममा सशस्त्र प्रहरी बिओपि बेल्दारी ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर केसीको कमाणडमा खटिएका मोटरसाइकल गस्तीले पक्राउ गरिएको जानकारी १२ नं। गणपति रबिन राज कर्णजितले गराउनुभएको छ।
बिआर २२ एक्स ७३२४ नम्बरको मोटरसाइकल सहित भगतलाई थप अनुसन्धान गर्नको लागि प्रहरी चौकी बेल्दारीलाई बुझाईएको जानकारी समेत कर्णजितले दिनु भएको छ।