उपेन्द्र गोले । रौतहट । १९ बैशाख
रौतहटमा आइतबार ११ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमित हुनेको संख्या १५८ पुगेका छन । आईतवार गौर अस्पतालमा गरिएको पिसिआर परिक्षण गराएको २४ जना मध्ये ११ जना कोरोना संक्रमित पुष्टि भएको अस्पतालले जनाएको छ । वैशाखको १ गते देखि आइतबार १९ गतेसम्म रौतहटमा गरिएको परिक्षणमा कोरोना संक्रमणको संख्या १५८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ । रौतहटको गौरस्थित अस्पतालमा मात्र पिसिआर परिक्षण गरिएका परिक्षणमा १५८ जनामा कोरोना पुष्टि भएकमो छ । रौतहटका नागरिकहरुको जनकपुर , सर्लाही तथा विरगंजमा समेत परिक्षण गराइएको छ । अन्य जिल्लामा परिक्षण गरिएका रौतहटका नागरिक संक्रमित भएको पाइएको छ । आइतबार गौरमा गरिएको परिक्षणको रिपोर्ट अनुसार गौरमा ४, गरुडा २, फतुवा विजयपुर १, चन्द्रपुरमा १, दुर्गा भगवतीमा १, मटिहानी महोत्तरीका १, सिम्रौनगढ वाराको १ गरी ११ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । संक्रमित मध्ये ७ जना पूर्ण रुपमा स्वस्थ भएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताउनु भयो ।