वर्तमानकाल समाचारदाता । रौतहट ।१९ बैशाख
रौतहटमा सोमबार सुनचादी ब्यावसायी पनि बन्द हुने भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि सुनचादी ब्यावसायीहरुले आफ्नो ब्यावसाय बन्द गर्न लागेको सुनचादी ब्यावसायी संघका प्रकाश गहतराजे बताउनु भयो । पछिल्लो समय रौतहटमा कोरोना संक्रमितहरु दिनानुदिन बढ्दै गइरहेको छ । कोरोना संक्रमणले भयवह रुप लिन सक्ने अबस्था सिर्जना हुन सक्ने भन्दै सोमबारबाट रौतहटमा सुनचादी ब्यावसायी पनि बन्द हुने जनाइएको छ । चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रका हाट बजारहरु र चन्द्रपुर—३ मा आवतजावत समेत बन्द गरिसकेको छ । ब्यासायीहरुले चन्द्रपुर क्षेत्रका विभिन्न पसलहरु सञ्चालनमा नै राखरे हाट बजार मात्र बन्द गर्नु अन्याय गरेको भन्दै हाट बजार सञ्चालन गरेका थिए । रौतहटको पछिल्लो दिनमा कोरोना संक्रमण दर उच्च हुद गएकाले रौतहटमा पनि निषेधज्ञा गर्नु पर्ने कतिपयले सुझाव दिएका छन ।