वर्तमानकाल समाचारदाता । रौतहट १९ बैशाख ।
रौतहटमा कोरोना संक्रमण दर बढ्ने क्रम जारी रहेका बैशाख २० गते सोमबारबाट निश्चित तालिका अनुसार भुमि सुधार तथा मालपोत कार्यालय गौरले सेवाग्रहीहरुलाई सेवा दिने भएको छ । भुमि सम्बन्धि विभिन्न सेवा प्रवाह गर्दै आइरहेको भुमि सुधार तथा मालपोत कार्यालय गौर रौतहटले आइतबार एक सुचना जारी गरि तोकिएको दिनमा मात्र सेवा लिन आउनु हुन नागरिकहरुलाई अनु्रोध गरेको छ । भुमि सुधार तथा मालपोत कार्यालय गौरले सेवा प्रवाह गरेका पालिकाहरुलाई सोमबारबाट निश्चित दिन मात्र सेवा प्रवाह गर्ने कार्यालयले जनाएको छ । गौर , राजदेवी र फतुवाविजयपुर नगरपालिकाका सेवाग्राहीहरुलाई आइतबार र सोमबार , राजपुर दुर्गा भगवती र यमुनामाइ गाउपालिकाका सेवाग्राहीहरुलाई मंगलबार र बुधबार , ईशनाथ र परोहा नगरपालिकाका सेवाग्राहीहरुलाई विहिबार र शुक्रबार सेवा प्रवाह गर्ने भुमि सुधार तथा मालपोत कार्यालय गौर रौतहटले जनाएको छ ।