धर्मेन्द्र कुमार यादव–महोत्तरी,
महोत्तरीमा बुधबार देखि दस दिन सम्मको लागी निशेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र (डीसीसीएमसी) महोत्तरीले जिल्लाभरी निशेधाज्ञा गर्ने निर्णय गरेको छ। वैशाख २२ गते देखि ३१ गते राति १२ बजे सम्म ९ दिनको लागी निशेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। यस भन्दा पहिले धनुषामा मंगलबार देखी निशेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । बितल केही दिन देखी महोत्तरी र धनुषा लगायत प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या तीब्र गतिले बढिरहेको कारन निशेधाज्ञा जारी गरिएको छ।