कोरोना नियन्त्रणमा मन्त्रीको जिम्मेवारी र थपिएको दरबन्दी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २१, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
कोरोना नियन्त्रणमा मन्त्रीको जिम्मेवारी र थपिएको दरबन्दी


प्रदेश सरकार कोरोना महामारीको फैलिँदो वर्तमानलाई देखेर प्रदेश सरकारले दुई महत्वपूर्ण निर्णय गरेको छ । हरेक जिल्लामा कोरोना नियन्त्रणको लागि सहजीकरण गर्न एक जना मन्त्रीलाई सरकारले जिम्मा दिएको छ । निरन्तर कोरोनाको विस्तार भइरहँदा प्रदेश सरकारले देखिने गरी केही काम गरेन भन्ने गुनासो बढ्न थालेको अवस्थामा प्रदेश सरकारले हरेक जिल्लामा कोरोनाको नियन्त्रण गर्नेदेखि लिएर यस समस्यासित जुध्नको लागि प्रदेश सरकारलाई सजिलो होओस्् भन्ने उद्देश्यले एक जना मन्त्रीलाई नै जिम्मा दिएको छ । यसबाट कुन जिल्लामा के भइरहेको छ र प्रभावकारी ढंगले नियन्त्रण गर्न तत्काल प्रदेश सरकारले कस्तो निर्णय गर्न सक्छ भन्ने कुरातर्फ अब कुनै ढिलासुस्ती नहुने देखिन्छ । प्रदेश सरकारलाई रिपोर्टिंग गर्न र जिल्लामा देखिएको समस्यालाई अवगत गराएर सम्भव भएसम्म समाधान गरिदिन पनि सजिलो हुनेछ ।
कोरोना कहरको समयमा अस्पतालहरुमा दरबन्दीको अभाव रहेको पनि सुनिँदै आएको थियो । प्रदेश सरकारले तत्काल प्रदेशका सबै प्रमुख अस्पतालहरू जहाँ दरबन्दीको आवश्यकता रहेको थियो, त्यसलाई सम्बोधन गर्ने काम गरेको छ । अब दरबन्दी (कर्मचारी, चिकित्कसक र स्वास्थ्यकर्मी)को अभावमा अस्पतालहरुले कोरोना संक्रमितलाई सेवा दिन नसकिने अवस्था आउन नसक्ला कि ? प्रदेश सरकारले एकातिर सरकारको मन्त्रीलाई नै कोरोना नियन्त्रणबारे जिम्मा दिनु तथा अर्कोतर्फ आवश्यकतानुसार दरबन्दी सिर्जना गरेर समस्यालाई सम्बोधन गर्न खोज्नु चाहिँ निसन्देह प्रशंसनीय कार्यहरू हुन् । कोरोनाको कहरले विकराल रुप लिन खोजिरहेको र अहिले प्रदेश दुईका विभिन्न जिल्लाहरुमा कोरोना नियन्त्रण गर्न कफ्र्यू लागिरहेको अवस्थामा कोरोनालाई नियन्त्रण गर्न प्रभावकारी हुने तथा देशमा नै प्रदेश सरकारको भूमिकाको अनुकरण हुने विश्वास लिन थालिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस