सिरहा वैशाख २० गते ।
सिरहाको बढी भीड लाग्ने दुई कार्यालयमा कोरोना पोजेटिभ देखिएपछि प्रशासनिक कामकाज ठप्प गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको परिसरमा रहेको बैंकको राजस्व शाखामा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि तत्कालको लागि प्रशासनिक सेवाहरु नागरीकता , पासपोर्ट , सिफारिस, सघससंस्था नविकरण दर्ता जस्ता कामहरू तत्कालको लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीप राज कनेलले एक सूचना प्रकाशित गरी जानकारी गराउन भएको छ ।यता भूमिसुधार कार्यालयको मोठ शाखामा समेत अर्का एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको निमित्त प्रमूख मोहन सिंह दर्जीले बताउनुभएको छ । जिल्लामा बढी भीड लाग्ने यी कार्यालयहरूमा स्वास्थ्य मापदण्ड विपरीत र केन्द्रिय निकायको निर्देशन विपरीत कामकाज हुँदै आएको थियो भने अहिले भयावह स्थिति हुँदा पनि जिल्लामा खुल्ला रुपमा हाट बजार लाग्नु र सार्वजनिक सवारी साधन चलिरहनु प्रशासनिक कमजोरी भनेर आम मानिसको बुझाई रहेको छ ।