सिटौलाले विगतका ९औँ देखि १४औँ महाधिवेशनसम्मका नजिरहरूलाई सम्झाउँदै सोहीअनुसार आगामी महाधिवेशन सम्पन्न गर्न आग्रह गरे । पार्टी नेतृत्व र पदाधिकारीहरूलाई प्रश्न गर्दै उनले थपे, ‘जे निर्णय गर्ने हो, समयमै र एकमुस्ट गर्नुस् ।’
‘हामी लोकतन्त्रवादी हौँ, हामीमा मानवता हुनुपर्छ,’ सिटौलाले भने, ‘शत्रु पक्षलाई त त्यस्तो व्यवहार गरिँदैन भने आफ्नै साथीहरूमाथि भएको त्यो व्यवहार निन्दनीय छ। जस्तोसुकै अपराधीलाई पनि ‘ड्यु प्रोसेस अफ ल’ (कानुनी प्रक्रिया) अपनाइनुपर्छ भन्ने मान्यतामा हामी विश्वास गर्छौँ, तर हिजो पार्टीभित्रै जे देखियो त्यो अनौठो र अमानवीय थियो।’
देशको लोकतन्त्र र संवैधानिक व्यवस्था नै संकटमा परेको बेला कांग्रेसले आफ्नो आन्तरिक विवादलाई छिटो टुङ्ग्याएर बलियो बन्नुपर्ने उनले बताए। नेता सिटौलाले पार्टी कार्यालयमा रहेका नेतृत्व तहलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताको निर्णय लिन र महाधिवेशनको प्रक्रियालाई पारदर्शी ढंगले अघि बढाउन आग्रह गरे ।
उनले कांग्रेसभित्रको विवादलाई समाधन गर्न संस्थापन पक्ष जिम्मेवार भएर अघि बढेमात्रै देशको संकट समाधान गर्न सकिने बताए ।


























