जेठ ०४ गते
अहिले कोरोना विरुद्ध सम्पूर्ण देश एकजुट भएर लडिरहेको छ । यो लडाइ वास्वतमा तीन नहको सरकारले आफ्नै किसिमले लडिरहेका छन् । अझ अलिकति राम्ररी विचार गर्ने हो भने यस लडाइमा देशका हरके नागरिकले योगदान दिइरहेका छन् तर सबैभन्दा बढी अपेक्षा भने स्थानीय सरकारसित रहेको छ ।
साढे सात सयभन्दा बढी स्थानीय सरकारले चाहेमा देशको लडाइ जित्न सकिन्छ । किनभने स्थानीय सरकार निकै शक्तिशाली छ । स्थानीय सरकारसित सम्पूर्ण साधन र स्रोतलाई परिचालन गर्ने अधिकार छ । अहिलेको समयमा यही शक्ति र सामथ्र्यलाई स्थानीय सरकारले पहिचान गरी परिचालन गर्नुपरेको छ ।
एक स्थानीय तहले अर्को स्थानीय तहसित मिलेर धेरै काम गर्न सक्छ तर यसभन्दा पनि महत्वपूर्ण यो छ कि हरेक स्थानीय तहले आफूलई कोरोनाको लडाइमा आत्मनिर्भर बनाउनु परेको छ । अहिले मानव जीवन नै कतै संकटमा परेको हो कि भन्ने परिरहेको छ सबैतिर ।
यस संकटको घडीमा स्थानीय सरकारले यस्तो प्रयास गरोस् कि त्यो स्थानीय तह पूर्णरुपमा कोरोनामुक्त बन्न सकोस् । एउटा स्थानीय तह कोरोनामुक्त हुनु भनेको देशको एउटा सानो भाग कोरोनाविरुद्धको लडाइमा विजय हासिल गर्नु हो । देशको हरेक भाग यसबाट अनुकरण गर्दै हरेक स्थानीय तहले आफूलाई यस आदर्शमा लैजान थाल्नेछ र एउटा स्थानीय तहबाट एउटा जिल्ला र एउटा प्रदेश नै कोरोनामुक्त हुन थाल्दछ । अहिलेको समयमा अरुको मुख ताकेर मात्र बस्नुभन्दा शीक्तशाली स्थानीय सरकारले सम्भव भएसम्मको शक्ति कोरोनाविरुद्धको लडाइमा लगाएर सम्बन्धित स्थानीय तहले कोरोनामुक्त पालिका घोषणा गराउनुमा रहेको छ ।