महामन्त्री पदबाट जगदीश खरेलले फिर्ता लिए उम्मेदवारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १२, शुक्रबार (१ घण्टा अघि)
  • ३२ पटक पढिएको
महामन्त्री पदबाट जगदीश खरेलले फिर्ता लिए उम्मेदवारी

काठमाडौं, १२ असार। रास्वपाको महामन्त्रीमा उम्मेदवारी दिएका जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिइएको घोषणा गरेका छन् ।

लामो बाटो तय गर्न बाँकी रहेको भन्दै सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको उनले जनाएका छन् ।

रास्वपा केन्द्रीय सदस्य जितेका खरेलले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

आज ५ जना पदाधिकारीको लागि महाधिवेशन प्रतिनिधिहरुले मत हाल्दैछन् ।

पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएकोले ५ पदका लागि मात्रै चुनाव हुन लागेको हो ।उपसभापतितर्फ अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस