रास्वपा पदाधिकारी चयनका लागि आज मतदान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १२, शुक्रबार (१ घण्टा अघि)
  • ३८ पटक पढिएको
रास्वपा पदाधिकारी चयनका लागि आज मतदान

काठमाडौं, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।

निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने तयारी गरेको रास्वपाका नेताहरूले जानकारी दिएका छन् ।

पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक भएपछि आयोगले दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदानको तयारी गरेको हो ।

रास्वपाका नेताहरूका अनुसार ६ पदाधिकारीका लागिमात्रै निर्वाचन हुनेछ । एक जना खुला उपसभापति, एक जना महिला उपसभापति, एक जना खुला महामन्त्री, दुई जना खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुने भएको हो ।

पार्टीको विधानमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । जसमध्ये रवि लामिछाने सभापतिमा निर्विरोध भइसकेका छन् । बाँकी रहेका १८ मध्ये वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मनोनीत हुने निश्चित छ ।

रास्वपामा उपसभापति तीन (खुला, महिला र मनोनीत एक–एक जना), महामन्त्री दुई (एक मनोनीत), सहमहामन्त्री पाँच (दुई खुला, एक महिला, दुई मनोनीत), प्रवक्ता एक (मनोनित), सहप्रवक्ता तीन (एक महिलासहित सबै मनोनीत) रहने वैधानिक व्यवस्था छ ।

यस्तै एक जना कोषाध्यक्ष र दुई जना सहकोषाध्यक्ष पनि समावेशी सिद्धान्तअनुसार मनोनीत गर्ने व्यवस्था रास्वपाले विधानमा गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस