समूह उपविजेता बन्दै अष्ट्रेलिया नकआउट चरणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १२, शुक्रबार (२ घण्टा अघि)
  • २५ पटक पढिएको
समूह उपविजेता बन्दै अष्ट्रेलिया नकआउट चरणमा

काठमाडौं, १२ असार। अष्ट्रेलिया समूह उपविजेता बन्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा शुक्रबार बिहान भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलभर दुवै टोलीले गोल गर्न उत्तिकै अवसर पाएपनि गोल गर्न सकेनन् । समूह ‘डी’ बाट अष्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा जाँदा सहआयोजक अमेरिका ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।

अष्ट्रेलियासँग बराबरी खलेको पाराग्वेको नकआउट पुग्ने सम्भावना कायमै छ । तेस्रो स्थानमा रहेकामध्ये चौथो स्थानमा रहेको पाराग्वे नकआउटमा पुग्ने नपुग्ने निर्णय अन्य खेलको नतिजामा भर पर्नुपर्नेछ । तेस्रोमध्ये उत्कृष्ट ८ मा पर्न सकेन पाराग्वे नकआउटमा पुग्नेछ ।

अष्ट्रेलियाले तेस्रोपटक नकआउट चरणमा स्थान बनाएको छ । ७ पटक विश्वकप खेलेको अष्ट्रेलिया सन् २००६ र २०२२ को विश्वकपमा समूह चरण पार गरेको थियो ।

उक्त समूहबाट ७ अंकसहित विजेता बन्दै अमेरिका नकआउटमा प्रवेश गर्दा टर्कीए ३ अंकका साथ प्रतियोगिताबाट बाहिरियो ।

ताजा अपडेट

खोजी गर्नुहोस