उपेन्द्र गोले रौतहट १२ जेठ ।
रौतहटको चन्द्रपुरमा रहेको अस्थायी कोरोना अस्पतालमा साझा ब्यबसाय सीप बिकास प्रालि चन्द्रपुरले बुधबार २८ ओटा अक्सिजन हस्तान्तरण गरेको छ । साझा ब्यबसाय सीप बिकास प्रालि चन्द्रपुरले कोरोना संक्रमित बिरामीको लागि आवश्यक २८ ओटा अक्सिजन भरिएको सिलण्डिर बुधबार सहयोग गरेको हो । त्यसैगरि बुधबार चन्द्रपुरका देव माया पौड्यालले दश हजार बराबरको स्वास्थ्य सामग्री , ५ ओटा अक्सिमिटर , २ ओटा अक्सिजन रेगुलेटर सहयोग गर्नु भएको छ । रौतहटको चन्द्रपुरमा रहेको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीको लागि प्रालिले यसभन्दा अगाडी पनि ५१ वटा खालि सिलिण्डरमा रिफिल गरेको अक्सिजन सहयोग गरेको थियो । सो प्रालिका कार्यकारी निर्देशक सुरेस प्रसाद साहले अक्सिजनको अभाबमा कोरोना संक्रमित बिरामीको उपचारको लागि निरन्तर सहयोग गर्दै जाने बताउनु भयो । पछिल्लो समय कोरोना संक्रमित बिरामीलाई अक्सिजनको मात्रा बढि चाहिने भएकाले पनि सहयोगी संस्थाबाट अस्पतालमा भर्ना भएका बिरामीको लागि अक्सिजन लगायत स्वास्थ्य सामग्रीको सहयोग जुटदै आएको छ । गत बैशाख २७ गते यता अस्थायी कोरोना अस्पताल चन्द्रपुरमा भर्ना भएका २१ जना कोरोना संक्रमित बिरामीको लागि ४० वटा सिलिण्डरमा भएको अक्सिजन हस्तान्तरण गरि सकेको छ भने अझै ७ जना बिरामी भर्ना भएका छन । चन्द्रपुर, गुजरा, बृन्दाबन र गढिमाई नगरपालिकाद्धारा निर्माण गरिएको ४६ बेड क्षमता भएको सो अस्पतालमा भर्ना भएका बिरामीको लागि अक्सिजन अति आवश्यक छ । कोरोना संक्रमणको महामारी फैलिरहेको बेला संक्रमित बिरामीहरुको उपचारका लागि राज्यको मात्र भर पर्नु भन्दा पनि सहयोगी संस्थाले समेत संक्रमणबाट जोगाउन आबश्यक सामग्रीको सहयोगमा जुटेको हो ।