धर्मेन्द्र कुमार यादव– महोत्तरी, जेठ १७ गते
इण्डियन एम्बेसी द्वारा स्वास्थ्य चौकी पोखरभिण्डाको लागी उपहार स्वरुप प्रदान गरिएको एम्बुलेन्स निजी प्रयोग गरिरहेको समाचारमा कुनै सत्यता नरहेको साथै मलाइ सुनयोजित र पुर्वाग्राही रुपमा बदनाम गर्न खोजिएको कुरा प्रेदेश सासंद डा. रिना यादवले बताएको छ । गत बर्ष इण्डियन एम्बेसीले स्वास्थ्य चौकी पोखरभिण्डा लाई प्रदान गरेको एम्बुलेन्स कोरोनाको कारन भएको लकडाउनमा धेरै समय काठमान्डौमा राखिएको थियो। स्वास्थ्य चौकी पोखरभिण्डा अहिले निर्मानाधिन अवस्थामा रहेको कारन एम्बुलेन्स संचालन गर्न तदर्थ समिती निर्माण गरि संचालन गरिरहेको थियो। स्वास्थ्य चौकी पोखरभिण्डाको लागि लायाइएको एम्बुलेन्स गा पा मा बुझाउने कुनै सहमती नभएको कारन समिती निर्माण गरि संचालन गरिएको थियो। यस बर्ष पनी कोरोना को कारन भएको लकडाउनमा सम्सी गाउपालिका द्वारा संचालन गरिएको कोरेन्टाइनको लागी गाउपालिका द्वारा माग गरिएको थियो, इण्डियन एम्बेसी बाट सासंद यादवको नममा रिसिभ गरी ल्याइएको तथा स्वास्थ्य चौकी पोखरभिण्डाको लागि ल्याइएको एम्बुलेन्स गाउपालिकामा दिन दुबै पक्ष संग समझौता गरी गाउपालिका कार्यालयलाइ हस्तानान्तर गरिसकेको छ । कोरेन्टाइनको लागि गाउपालिका कार्यालय सम्सीबाट एम्बुलेन्स माग भए बमोजिम कागजात तैयारी गरि एम्बुलेन्स बुझ्नको लागि गा पा कार्यालयले समय तय गर्यो, समयमै गाडी बुझाउन जादा कार्यालयमा कोही पनि नभएको कारन पुन गाडी लिएर आएको कुरा सासंद यादवले बताएको छ। अहिले जसपा सासंदहरुलाइ बदानाम गर्ने सोच बनाएर अगाडी बढिरहेको छ, केही दिन पहिले मात्र महोत्तरी क्षेत्र नं ३ का सासंद अबिराम शर्मा र रानी शर्मा तिवारी लाई पनि सुनियोजित त रिकाबाट बदनाम गर्न खोजिएको थियो।