उपेन्द्र गोले रौतहट । असार १३ गते
रौतहटको गुजरा नगरपालिकाबाट अबैध काठ र साइकलसहित एक तस्करी पक्राउ परेको छ । रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर ३ का शेष जबिउल्लाहले जंगलसैया साझेदारी बनबाट साल जातको २ थान गोलिया ८।०४ क्युफिट काठ लोड गरि बलुवा गाउतर्फ लादै गर्दा बिहान साढे ३ बजे साइकलसहित शेष जबिउल्लाह पक्राउ परेको वन अधिकृत राजेश कुमार साहले बताउनु भयो । साहको नेतृत्वमा गएको वनगस्ति टोलीले बिशेष सुराकीको आधारमा काठ साइकलसहित तस्कर पक्राउ गर्न सफल भएको जम्दार कुञ्ज प्रकाश बन्ठाले बताउनु भयो । काठ , साइकलसहित पक्राउ परेको जबिउल्लाहलाई थप कारवाहीका लागी डिभिजन बन कार्यालय रौतहटमा राखिएको जम्दार बन्ठाले बताउनु भयो ।