रास्वपा सभापति लामिछाने आज भारत प्रस्थान गर्दै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १८, सोमबार (१ हप्ता अघि)
  • ४१ पटक पढिएको
रास्वपा सभापति लामिछाने आज भारत प्रस्थान गर्दै

काठमाडौ, १८ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पाँच दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ गतेदेखि २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यसूची रहेको जनाइएको छ । द्विपक्षीय सम्बन्ध, राजनीतिक सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

रास्वपाले यस भ्रमणलाई दुई देशबिचको सम्बन्ध सुदृढ बनाउने तथा आपसी समझदारी अभिवृद्धि गर्ने अवसरका रूपमा लिएको छ । भ्रमणका क्रममा विभिन्न औपचारिक कार्यक्रम तथा भेटवार्ताहरू तय गरिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस