सभामुख अर्यालसँग भेटवार्तामा आईजीपी कार्की

  • Wartman Kal Dainik
  • / राजनीति /
  • २०८३ श्रावण २९, शुक्रबार (८ घण्टा अघि)
  • ५६ पटक पढिएको
सभामुख अर्यालसँग भेटवार्तामा आईजीपी कार्की

 

वर्तमानकाल सम्वाददाता

साउन २९ गते ।

उनीहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुन लागेको हो । भेटवार्तामा उनीहरूबीच संसदीय मर्यादा र पछिल्लो पटक समिति बैठकमा भएको घटनाबारे छलफल हुन लागेको हो ।सभामुख डोलप्रसाद अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीबीच भेटवार्ता तय भएको छ ।उनीहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुन लागेको हो । भेटवार्तामा उनीहरूबीच संसदीय मर्यादा र पछिल्लो पटक समिति बैठकमा भएको घटनाबारे छलफल हुन लागेको हो ।

गत बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भनेर परेको उजुरीउपर छलफल थियो ।

छलफलमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाली प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल उपस्थित थिए ।

गृहमन्त्री सुधन गुरुङ आमन्त्रित थिए, तर गएनन् ।सो छलफलमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीको कपडा खरिदमा, जुत्ताहरूको खरिदमा समिति (छानबिन समिति) बन्नुपर्ने’ बताएका थिए । उनले आइजीपी लगायतका अधिकारीलाई आरोप लगाएका थपिए । त्यसको आइजीपीले पनि प्रतिवाद गरेका थिए ।

यो विषयमा प्रश्न उठेपछि सभामुखले चासो दिएर बिहीबार लेखा समितिका सभापति र सचिवसँग पनि छलफल गरेका थिए । सभामुखले समिति र सांसदहरूको मर्यादाको ख्याल गर्ने र यस्ता घटनाहरू हुन नदिनेका लागि सबै जिम्मेवार हुनुपर्ने धारणा राख्दै आएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस