सुनसरी तनावले विराटनगर प्रभावित, विद्यालय बन्द

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १२, मंगलबार (१ घण्टा अघि)
  • ४१ पटक पढिएको
सुनसरी तनावले विराटनगर प्रभावित, विद्यालय बन्द

काठमाडौँ, १२ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३  कप्तानगञ्जको घटनापछि सुरु भएको प्रदर्शनका कारण विराटनगरका शैक्षिक संस्था बन्द गरिएको छ ।

आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो । घटनामा अन्य ९ जना घाइते भएका छन् ।

सोही घटनाको विरोधमा सोमबार विराटनगरमा प्रदर्शन भएको थियो । मंगलबार विद्यालय खुलेनन् ।

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने  औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वत:स्फूर्त रूपमा बन्द भएका हुन् ।

महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार  स्कुल बस सञ्चालनमा अवरोध गर्ने कुरा आएपछि विद्यालयहरूले पठनपाठन रोकेका हुन् । ‘महानगरले विद्यालय बिदा दिने औपचारिक निर्णय त गरेको छैन, तर बिहानैदेखि स्कुल र कलेजहरू खुलेनन्,’ ढुंगेलले भने, ‘स्कुल बस चल्न नदिने स्थिति भएपछि विद्यालयहरू बन्द भए ।’

देवानगन्ज र हरिनगर गाउँपालिकामा बिदा

कप्तानगञ्ज घटनाको विरोधमा सुनसरीका दक्षिणी क्षेत्रहरूमा पनि त्रास कायम छ । घटनाको शोकमा देवानगन्ज र हरिनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

प्रदर्शनका कारण सुनसरीको दक्षिणी भेगका शैक्षिक संस्थाहरू पनि आज बन्द छन् ।

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस