आईसीयूभित्रै पुगेर अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)
  • २९ पटक पढिएको
आईसीयूभित्रै पुगेर अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो

काठमाडौं, ३० भदौ। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको विषय संसद्‌मा उठेको छ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले यो विषय अति गम्भीर विषय रहेको बताइन् ।

आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीहरूको उपचारका लागि छुट्याइएको विषय कक्ष हो । यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनियता र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिइन्छ । बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्रै भेट्न दिइन्छ ।

तर यसको हुर्मत लिने काम भएको भन्दै उनले आपत्ति जनाएकी हुन्।  प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले भनिन्, ‘दुई दिन अगाडि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशिलतालाई उदांगो पारिदिएको छ ।’

यस्तो अन्तर्वार्ता लिनु र अन्तर्वार्ता लिन स्वीकृति दिइनु दुवै गम्भीर विषय भएको उनको भनाइ छ। मानिसको जीवनभन्दा ठूलो अन्य विषय हुन नसक्ने उनको भनाइ छ ।यसअघि यो विषयमा प्रेस काउन्सिल नेपालले पनि ध्यानाकर्षण भएको जनाएको थियो ।

रसुवा बाढीमा परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएका हुन् ।

रसुवा बाढीमा माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोथजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिसँग आईसीयूमै अन्तर्वार्ता लिई इन्साइड द बंकर नामक युट्युब च्यानलबाट सम्प्रेषित गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस