प्रहरीद्वारा बरामद १ हजार ३१५ किलो गाँजा नष्ट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १, बिहिबार (१ घण्टा अघि)
  • ४१ पटक पढिएको
प्रहरीद्वारा बरामद १ हजार ३१५ किलो गाँजा नष्ट

काठमाडौं, १ असोज। जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम  लागू औषध गाँजा नष्ट गरिएको छ ।

गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरी राखिएको अवस्थामा बरामद गरिएको करिब रु दुई करोड मूल्य बराबरको उक्त गाँजा प्रहरीले आज नष्ट गरेको हो ।

जङ्गलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि चेक जाँच गर्ने क्रममा गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यलय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाको बीच भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा उक्त परिमाणमा गाँजा भेटिएको थियो ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको वालिङमा रोकेर राखिएको ट्रकमा उक्त गाँजा भेटिए पनि चालकको भने पहिचान खुल्न सकेको छैन ।

चालक फरार रहेकाले गाँजा धनी पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख प्रकाश बुधाथोकीले जानकारी दिएका छन् । उक्त ट्रकका धनीलाई भने प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

गाँजा कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत खोटाङ परिसरमा लगेर नष्ट गरिएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस