संसदीय विशेष समिति गठनको तयारी, कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ५, सोमबार (२ घण्टा अघि)
  • ३० पटक पढिएको
संसदीय विशेष समिति गठनको तयारी, कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौं, ०५ असोज । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ।

प्रतिनिधिसभा सचिवालयका अनुसार बैठक आज मध्याह्न १२:१५ बजे सिंहदरबारस्थित प्रतिनिधिसभा कक्षसँगै रहेको कार्यव्यवस्था हलमा बस्नेछ।

बैठकमा रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठनसम्बन्धी छलफल हुने कार्यसूची छ।

भोटेकोशी विपद्पछि खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामको अनुगमन गर्न र भविष्यमा यस्ता विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकारलाई नीतिगत सुझाव दिन संसदीय विशेष समिति गठन गर्ने निर्णय यसअघि भएको थियो।

समितिले विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, दिगो पूर्वाधार पुनर्निर्माण तथा विपद् व्यवस्थापनसम्बन्धी कानुनका विषयमा समेत काम गर्ने प्रस्ताव गरिएको छ।

विशेष समिति गठनका लागि दलहरूबीच छलफल हुँदै आए पनि सदस्य संख्या, कार्यक्षेत्र, कार्यावधि र संयोजकबारे सहमति जुट्न बाँकी हुँदा ढिला भएको छ ।

आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा यही विषयलाई अघि बढाउने तयारी गरिएको हो। बैठकमा अन्य विविध विषयमा समेत छलफल हुनेछ।

समितिका सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस