नेप्सेले कारोबार स्थगित हुँदा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।

काठमाडौं, ०५ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म समाधान हुन नसकेको नेप्सेले जनाएको छ ।
यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको कारोबार स्थगित गर्न निवेदन दिएको थियो ।
सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आज असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको हो ।
नेप्सेले कारोबार स्थगित हुँदा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।
