चोभारमा उर्लियो बागमती, नदी किनारमा बढ्यो सतर्कता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८३ आश्विन ९, शुक्रबार (१३ घण्टा अघि)
  • ५९ पटक पढिएको
चोभारमा उर्लियो बागमती, नदी किनारमा बढ्यो सतर्कता

काठमाडौं उपत्यकाको पानी निकास हुने चोभारस्थित गल्छीमा बागमती नदी उर्लिएको छ।

 ९ असोज, काठमाडौं ।  देशका अधिकांश क्षेत्रमा मौसम बदली छ। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण काठमाडौं उपत्यकामा पनि लगातार वर्षा भइरहेको छ। वर्षाका कारण यहाँका खोलानालामा जलसतह बढिरहेको छ।

काठमाडौं उपत्यकाका बागमती, विष्णुमति, मनोहरा, हनुमन्ते, धोबीखोलालगायतमा जलसतह बढेको छ। स्थानीय प्रशासनले नदी करिडोरको सडकमा यात्रा गर्न रोक लगाएको छ।

काठमाडौं उपत्यकाको पानी निकास हुने चोभारस्थित गल्छीमा बागमती नदी उर्लिएको छ। जल सतह बढ्दै यहाँ बाढी हेर्न आउनेको पनि उत्तिकै भिड छ।

ताजा अपडेट

खोजी गर्नुहोस