नेपाल टी–२०आई वरियतामा दुई स्थान माथि, १४औँमा पुग्यो

  • Wartman Kal Dainik
  • / खेलकुद /
  • २०८३ आश्विन ९, शुक्रबार (१२ घण्टा अघि)
  • ४८ पटक पढिएको
नेपाल टी–२०आई वरियतामा दुई स्थान माथि, १४औँमा पुग्यो

९ असोज, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार नेपाल दुई स्थान माथि उक्लँदै १४औँ स्थानमा पुगेको हो ।

शुक्रबार जापानको नागोयामा जारी एसियाली खेलकुदअन्तर्गत नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो ।

त्यही जितपछि भएको वरियता अद्यावधिकमा नेपालको स्थान सुधार भएको हो ।

नेपालले अफगानिस्तानलाई २० ओभरमा ७ विकेट गुमाएर १०२ रनमा रोक्दै १०३ रनको लक्ष्य १७.२ ओभरमै पूरा गरेको थियो ।

कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिएका थिए भने सन्दीप जोराले ३४ र रोहित पौडेलले अविजित ३३ रन बनाएका थिए।

नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार जापानसँग प्रतिस्पर्धा गर्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस