मुग्लिन–नारायणगढ सडक खुल्यो, पोखरातर्फ मात्रै यातायात सञ्चालन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८३ आश्विन ११, आईतबार (१४ घण्टा अघि)
  • ६० पटक पढिएको
मुग्लिन–नारायणगढ सडक खुल्यो, पोखरातर्फ मात्रै यातायात सञ्चालन

आइतबार मध्याह्न १२:१० बजेदेखि पाेखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

११ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।

आइतबार मध्याह्न १२:१० बजेदेखि पाेखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

अविरल वर्षाका कारण नाम्सी खोलाको पुलमाथि लेदोसहितको पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड आइतबार बिहानदेखि अवरुद्ध बनेको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस