भन्सार छलीका सर–सामानहरु बुझाईयो भन्सार कार्यालय गौर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २४, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
भन्सार छलीका सर–सामानहरु बुझाईयो भन्सार कार्यालय गौर

विणा श्रीवास्तव । गौर । चैत २३ गते
भन्सार छलीका सर–सामानहरु भन्सार कार्यालय गौरमा बुझाईएको छ । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत सोमबार २ बजेको समयमा भारत बिहार राज्य मोतिहारी जिल्ला घोडासहन वडा नं. २ घर भई हाल गौर नगरपालिका वडा नं.५ स्थितमा जिल्ला रौतहट देवाही गोनाही नगरपालिका वड नं. ७ वस्ने पुनित पटेलको घरमा डेरा गरी वस्ने राजा बाबु यादवले भारतबाट थोरै थोरै परिमाणमा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी मोटरसाईकलको पार्ट पुर्जाहरु नेपाल तर्फ ल्याई कोठामा स्टोर गरी राखेको छ भन्ने विशेष सूचनाको अधारमा प्रहरी टोली खटि गई निजको कोठा खोली हेर्दा अं.मुल्य रु.१,६२,८३०।–(एक लाख बैसठी हजार आठ सय तीस) बराबरको मोटरसाईकलको विभिन्न पार्ट पुर्जाहरु फेला पारी रित पूर्वक बरामद गरी निज राजा बाबु यादव समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सोमबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस