एफएनजे रौतहटको मतदान हुँदै,अध्यक्षका लागि चार जनाबिच कडा प्रतिस्पर्धा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २५, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
एफएनजे रौतहटको मतदान हुँदै,अध्यक्षका लागि चार जनाबिच कडा प्रतिस्पर्धा


प्रदिप दास । रौतहट । चैत २५ गते

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि रौतहटको गौरमा मतदान सुरु भएको छ । मतदान बुधबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । महासंघ रौतहट जिल्ला समितिको निर्वाचनमा ३५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा चार जना सहित सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रिय परिषद सदस्य गरी ३५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।


नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष पदमा चार जना भिडदै छन ।

झण्डै चार वर्षपछि चैत्र २५ गते नयाँ नेतृत्व चएनका लागि नेपाल पत्रकार महासंघ रौतहटको निर्वाचन हुँदै छ ।

उपाध्यक्षमा अब सुब्बा कार्की भन्ने डिल्ली बहादुर कार्की, प्रविण कुमार शर्मा र पुष्पराज यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै सचिवमा चार जनाले उम्मेदवारी दिएका छन । सचिव पदमा मदन ठाकुर, राकेश यादव, संतोष पौडेल र रमेश तिमलसिनाले उम्मेदवारी दिएका छन ।
सह सचिवमा पनि चार जनाले उम्मेदवारी दिएका छन । सह सचिवमा दिनेश यादव, धिरेन्द्र कुमार साह, दिपेश पौडेल र संजय सहनीले उम्मेदवारी दिएका छन ।
त्यसैगरी कोषाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन । धर्मेन्द्र कुमार साह र बालविक्रम कार्कीले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन ।
त्यस्तै सदस्यहरुमा जनजातिबाट प्रकाश श्रेष्ठ, मधेशीबाट नन्दभुषण श्रीवास्तव, दलितबाट राम प्रवेश बैठा, विश्वनाथ राम, महिलाबाट विना राउत, रुद्रकुमारी कार्की, खुल्लाबाट राकेश यादव, रामपुकार राउतले उम्मेदवारी दिएका छन भने रास्ट्रिय परिषद सदस्यहरुमा अशोक कुमार पहाडी, उत्तम कुमार उपाध्याय, रामएकवाल साह, विकास अग्रवालको उम्मेदवारी परेको छ भने प्रदेश परिषद सदस्यहरुमा रत्न अधिकारी, राजेन्द्र कुमार क्षेत्री, विवेश अधिकारी र गोपाल आचार्यले उम्मेदवारी मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत विनयलाल दासले जानकारी दिएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस